कतारमा अब कामदारको न्यूनतम तलब १८ सय रियाल

योगेन्द्र योगी
१५ भदौ, दोहा ।
कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै श्रमिकको न्यनूतम तलब वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने निर्णय गरेको छ । कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् ।

कतार सरकारको यो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ ।

कतारका श्रम मन्त्री युसुफ मोहम्मद अल ओथमन फक्रहुले भने–“कतार आधानिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ । कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुने छ जहाँ श्रमिक, रोजगारदाता तथा कतारले लाभ प्राप्त गर्नेछ ।” सरकारी राजपत्रमा प्रकाशित भएपछि ६ महिनाभित्रमा लागु हुने जनाइएको छ ।

अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलब १ हजार ८ सय रियाल हुनेछ ।

कतार पहिले देखिनै नेपाली कामदारहरुको आकर्षक थियो भने अब सरकारले न्युनतम तलब तोकेपछि अझ रोजगारीको आकर्षक गन्तब्य बन्नेछ । कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top