कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने

१४ भदौ ७७, सोमबार

योगेन्द्र योगी
१५ भदौ, दोहा ।
कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कतारबाट पछिल्लो चरणमा ४ वटा उडान तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा–काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको छ ।

Advertisement

ती उडानहरुका लागि प्राथमिकता सूचिमा नाम भएका व्यक्तिहरु तथा दूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एयरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको प्रमाणपत्र लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईने दूतावासले जनाएको छ ।

Advertisement

यात्रा गर्दा पीसीआर परीक्षणको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ । पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको दूतावासले जनाएको छ । होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नु पर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ ।

नेपाल एयरलाईन्सले गर्ने दोहा–काठमाण्डौ सेक्टरका उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिने दूतावासले जनाएको छ । कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा बढी रहेको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top