×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

मोदीको ‘मन की बात’ किन मन पराएनन् दर्शकले ?

१५ भाद्र २०७७

१५ भाद्र, एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रममा डिसलाइकको बाढी नै आएको छ ।

मन की बात कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ। आकाशवाणीमा हरेक आइतबार प्रशारण हुने यो कार्यक्रम दूरदर्शनका अलावा अन्य निजी च्यानलमा पनि प्रशारण हुने गरेको छ। यसका साथै पीआईबी, बिजेपी तथा मोदीको यूट्यूब च्यानलमा पनि सुन्न सकिन्छ।

Advertisement
Advertisement

तर पछिल्लो आइतबारको ‘मन की बात’ लाई लिएर यी यूट्यूब च्यानलहरुमा युजर्सको प्रतिक्रिया सकारात्मक कम, नकारात्मक धेरै आएको छ। यी तिनै च्यानलमा ‘मन की बात’को भिडियोमा लाइक्सको तुलनामा डिसलाइक धेरै आएको छ। यो कुरालाई असामान्य यसकारण मानिएको छ कि यो भन्दा पहिले मन की बातलाई लिएर दर्शकहरुको प्रतिक्रिया यति नकारात्मक थिएन ।

चर्चा भइरहेको छ कि आखिर किन ‘मन की बात’ लाई नकारात्मक प्रतिक्रियाहरु प्राप्त भए। आइतबारको ‘मन की बात’ को भिडियोमा इन्टरनेट यजर्सको प्रतिक्रिया सुरुदेखि नै सुस्त रह्यो । कार्यक्रमको प्रशारण बिहान भएको थियो तर अबेर रातिसम्म स्थितिमा सुधार भएन।

भारतीय जनता पार्टीको आधिकारिक युट्यूब च्यानलमा ‘मन की बात’ कार्यक्रममा ९ लाख ६० हजार भ्यूज भएको छ । यस च्यानलमा यो भिडियोलाई २७ हजार मानिसले लाइक गरेका थिए जबकि दुई लाख ४३ हजार भन्दा धेरैले डिसलाइक गरेका छन्। यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नो युट्यूब च्यानल नरेन्द्र मोदीमा यो भिडियो ४ लाख ९० हजार पटक हेरिएको छ।

यो भिडियोमा १९ हजार लाइक र ३५ हजार डिसलाइक प्राप्त भएको छ। यस्तै ढंगले पीआईबीको युट्यूब च्यानलमा मन की बातलाई ९१ हजार पटक हेरिएको छ भने ३ हजार २ सयले लाइक गरेका छन् । डिसलाइक गर्नेको संख्या १० हजार भन्दा धेरै छ।

Advertisement
Advertisement

हरेक पटक अलग–अलग विषयमा कुरा गर्ने गरेका मोदीले यसपटक ओणम तिहारको बारेमा कुरा गरेका थिए र भारतीय उद्यमीलाई खेलौनाको कारोबारको सम्भावना खोज्न सुझाव दिएका थिए। उनले भनेका थिए, ‘हाम्रो देशमा नयाँ आइडिया र कन्सेप्टहरु छन्। भर्चुअल गेम र खेलौनाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुछ र सबैका लागि लोकल खेलौना हुनुपर्ने समय आएको छ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top