स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

१५ बैशाख ७५, आइतबार

झापा, १६ वैशाख ः झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।

मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिए ।

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको मेचीनगर–२ की लक्ष्मी चापागाईंंले बताईन् । पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।

Advertisement

“स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो”, चापागाईंले भनिन्, “आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन । अझ वर्षायामका समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने गरिन्छ । ”

नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको अर्का स्थानीयवासी संगंीता खड्काले बताईन् ।

Advertisement

वर्षौंदेखि खोलाकै पानी पिउँदै आएका अर्का स्थानीय यामबहादुर विश्वकर्माले पीडा सनाए “यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ । अंगार पन्छाएर पानी पिउनुपर्छ ।”

विसं २०५३ मा नगरपालिका बनेको मेचीनगरले २० वर्ष बितिसक्दा पनि यस क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न सकेको थिएन तर अहिले भने पहल भइरहेको नगरप्रमुख विमल आचार्यले बताए ।

“खानेपानी विभागलगायतका सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराएका छौँ”, प्रमुख आचार्यले भने “चाँडै स्वच्छ पिउने पानीको व्यवस्था गर्नेछौँ । केही वर्षभित्रै स्थायी रुपमा समस्या समाधान हुन्छ । ”
रासस

Advertisement

भर्खरको समाचार

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

सम्बन्धित समाचार

Scroll to Top