सिभिल अस्पतालका कर्मचारीको आन्दोलन अब अनसनतर्फ

१५ भदौ, काठमाडौँ ।
निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने बताएका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले स्वास्थ्यकर्मी एवं कर्मचारीले राखेका माग पुरा नभए धर्ना र अनसनमा बस्ने बताएको हो ।

संघका अध्यक्ष सन्तोष धिमालले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा सुविधा, बढुवा, विनियमावली संशोधन लगायतका विषयमा अफुहरुले राखेका माग पुरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताए । सोमबार भएको प्रदर्शनमा अध्यक्ष धिमालले माग पुरा नभए धर्ना र अनसनका कार्यक्रम घोषणा गरिने बताएका हुन । अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुले १५ दिन देखि अस्पताल अगाडि कालो ब्यानर झुण्ड्याएर आफ्ना माग राखेका थिए भने आइतबारदेखि हातमा कालोपट्टि बाधेर काम गर्ने र दिनको १५ मिनेट अस्पताल अगाडि प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका छन् । अध्यक्ष धिमालले विगत दुई वर्ष देखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेको तर अहिले सम्म समाधान नभएकाले आन्दोलन गर्नुपरेको बताए ।

Advertisement

अस्पतालकी निर्सिङ इन्चार्ज माया अधिकारीले अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीको सुझाव पनि नमान्ने र आफँैले पनि राम्रोसँग काम नगरेकाले समस्या बढेको बताइन । उनले वर्षौंदेखि विनियमावली नल्याउँदा स्वास्थ्य कर्मीलाई काम गर्न स्पस्ट गाइडलाइन नभएको पनि बताइन । स्वास्थ्यकर्मीको बढुवा नहुने, वृति विकासका लागि अध्ययन र तालिममा सहभागि नगराउने, तल्लो तहमा बसेर माथिल्लो तहको कामको जिम्मेवारी लिनुपर्ने लगायतका समस्या रहेकाले आन्दोलन गर्नुपरेको अधिकारीले बताइन् ।

निजामती कर्मचारी अस्पताल कर्मचारी संघले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि नेपाल रेडियोलोजिकल सोसाइटीले उनीहरुका मागप्रति ऐक्वद्धता जनाएको छ । सोसाइटीका अध्यक्ष मुकेश झाले सोमबार अस्पताल पुगेर आफुहरुको पूर्ण साथ रहेको बताए । उनले जायज माग पुरा गर्न तत्काल वार्ता गर्ने व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन र सरकारसँग आग्रह समेत गरे ।

Advertisement

कोभिड १९ को अवस्थामा जोखिम मोलेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सेवा सुविधा कम हुँदा मनोबल कमजोर हुने भएकाले तत्काल वार्ता मार्फत समस्या समाधान गर्नुपर्नेमा झाले जोड दिए । स्वास्थ्यकर्मीहरुले विरामीको उपचारमा कुनै असुविधा हुने गरी आन्दोलनका कार्यक्रम नगरिएको बताएका छन् । आफ्ना माग पुरा गराउन दिउँसो खाजाको समयमा १५ मिनेट छुट्याएर प्रदर्शन गरिएको पनि स्वास्थ्यकर्मीहरुले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top