होम आइसोलेसनमा रहेकाले स्वास्थ्यकर्मीको सेवा पाएनन्

१६ भदौ, विराटनगर ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड नभएर धेरै संक्रमित होम आईसोलेसनमा बस्न बाध्य छन । यो संक्रमितको चाहना नभएपनि बाध्यता बनेको छ । सरकारले संक्रमितहरु होम आईसोलेसन बस्न सक्ने र उपचारको व्यबस्था मिलाउने भनेपछि संक्रमितहरु घरमै बस्दै आएका छन् । तर, सरकारले भनेअनुसारको ब्यवस्था नहुँदा संक्रमितहरुको घरमै ज्यान जान थालेको छ।

घरमा आइसोलेसनमा बसेर कोरोनामुक्त भएकाहरु सरकारी स्वास्थ्य अधिकारीहरुले एकपटकपनि सोधी खोजी नगरेको बताउँछन् । यही भदौ ५ गते विराटनगर–६ सरौचियाका ४५ वर्षीय पुरुषको मृत्यु भयो । त्यस्तै शनिबार भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय वृद्धको घरमै मृत्यु भयो । यी दुवै जनाको सरकारले आवश्यक समन्वय नगर्दा बेलैमा उपचार नपाएर मृत्यू भएको परिवारमो गुनासो छ । दैनिक संक्रमितहरु बढिरहेका बेला अहिलेनै समन्वयको अभाव देखिँदा भविष्यमा भयावह स्थिति आउन सक्ने कुरालाई नर्कान सकिँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी र स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने भनेको छ । संक्रमितको फलोअफमा खटाइएका स्वास्थ्यकर्मीले फोन एसएमएसबाट दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर त्यसलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने हुन्छ । घरमा बसेका संक्रमितको अवस्थाबारे नियमित रुपमा स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्ने हुन्छ।

Advertisement

स्वास्थ्यकर्मीले एक जना बिरामी हेरेबापत स्वास्थ्यकर्मीलाई दैनिक २०० सयका दरले सरकारले पारिश्रमिक उपलब्ध गराउने छ । तर, यो प्रावधान अहिलेसम्म कागजमै सिमित भएको होम आयसोलेसनमा बसेर संक्रमणमुक्त भएकाहरु बताउछन । अहिले पनि स्थानीय सरकारले समन्वय नगर्दा संक्रमितहरुको हेरचाह हुने गरेको छैन । विराटनगरमा मात्रै आइतबार साँझसम्म ६०६ जना संक्रमितहरु होम आईसोलेसनमा बसेका छन् । संक्रमित भएको १५ दिनमा महानगरको टोलीले एक पटकमात्र सम्पर्क गरेको र त्यसपछि आफ्नो स्वास्थ्य अवस्थाको जानकारी कसैले नलिएको विराटनगर–३ मा होम आईसोलेसनमा बसेका एक संक्रमितले बताए । अर्का संक्रमित पनि आफुलाई स्वास्थ्य अवस्था बुझ्न सम्पर्क नगरेको बताउँछन् । संक्रमितहरुले जिम्मेवार निकायले उपचारको आवश्यक प्रवन्ध गर्ने र होम आइसोलेसनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श दिने दायित्व बिर्सर्ने गरेको संक्रमितहरुको गुनासो छ ।

यता उच्च अदालत विराटनगरले पनि होम आइसोलेसनमा बसेकाको पनि नियमित स्वास्थ्यको जानकारी लिई आवश्यक उपचारको व्यवस्था मिलाउन र त्यस्तो विवरण पनि राख्न आदेश दिएको छ । अदालतले संक्रमितहरु घरमा नै आइसोलेसनमा बसिरहँदा उनीहरुको अवस्था गम्भीर भई अस्पताल लैजानुपरेमा एम्बुलेन्सको उचित प्रबन्ध मिलाउन र त्यसको जानकारी लिन सक्ने गरी टेलिफोनको व्यवस्था गर्ने सम्बन्धित निकायलाई आदेश दिएको छ । अदालतको सो आदेशको पनि पूर्ण कार्यान्वयन नभएको पाइएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top