ओमानबाट सेप्टेम्बर ११ मा सलाम एयरले उडान गर्ने

१५ भदौ ७७, मंगलबार

योगेन्द्र योगी
१५ भदौ, दोहा ।
ओमानबाट सलाम एयरले पाँचौ चरणको उडान गर्ने तालिका सार्वजनिक गरेको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्किनै पर्ने दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाएकाहरूलाई प्राथमिकताका आधारमा नेपाल जान आगामी सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने भएको हो ।

Advertisement

उक्त उडानबाट स्वदेश फर्कनका लागि नेपाल सरकारले तोके बमोजिम कोभिड–१९ को ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । सलाम एयरको उडानको एकतर्फी भाडादर ११५ ओमानी रियल लकेज २० केजी तथा ७ केजी ह्यान्ड ब्याग तोकिएको दूतावासले जनाएको छ ।
उक्त उडानबाट स्वदेश फर्किनेहरुको नामावली प्राथमिकताको आधारमा चाँडै प्रकाशन गरिने छ । कोभिड–१९ को परीक्षण र टिकट सम्बन्धी विस्तृतमा अर्को सूचनामा खुलाइने दूतावासले जनाएको छ । सलाम एयरको सो उडानबाट ओमान फर्कन चाहने नेपालीहरूले ओमानको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। सो अनुमतिको लागि आफू कार्यरत कम्पनीबाट, सलाम एयरको नेपालको तथा ओमानको कार्यालयमा सम्बन्धित कागजात सहित इमेल गर्न र ७११७७८९२ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध छ।

स्वदेश फर्किन नाम टिपाएका हरूलाई क्रमश नेपाल लैजान यही सेप्टेम्बर २५ मा अर्को उडान हुने र सेप्टेम्बर महिनामानै थप उडान गर्ने गरी नेपालको सम्बन्धित निकायहरूसँग समन्वय भईरहेकोले अन्य उडानहरूबारे पनि चाँडै अर्को सूचना प्रकाशित गरिने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top