एनआरएनए कतारले ९ नेपालीलाई दियाे निशुल्क हवाई टिकट

१६ भदौ ७७, बुधबार

योगेन्द्र योगी
१७ भदौ, दोहा ।
कोरोना भाईरस (कोभिड–१९) को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसकेका ९ नेपालीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग गरेको छ ।

कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार तेस्रो चरणमा थप ९ जनालाई हवाई टिकट दिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

तेस्रो चरणमा अगष्ट ३१ तारिखमा स्वदेश फर्किनेहरुमा खोटाङका दिल बहादुर बुढाथोकी तथा राजेश साहिनी, सोलखुम्बुकी पेमा शेर्पा, नुवाकोटकी मुना लामा, सोलखुम्बुकी रन्जिता भुजेल रहेका छन् ।  यसैगरी, ईलामकी दान माया राई, बाकेका ईमान सिङ ठकुरी, सल्यानका लोकेन्द्र शाही तथा नवलपरासीका प्रवेश गिरीलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको अध्यक्ष मुसलमानले बताए ।

Advertisement

स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली दूतावास र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष मुसलमानले धन्यवाद ज्ञापन गरेका छन् । यसअघि पहिलो र दोस्रो चरणमा समस्यामा परेका १४ नेपालीलाई टिकट उपलब्ध गराई स्वदेश पठाईएको थियो ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top