×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डा. खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

१७ भाद्र २०७७

काठमाडाैँ : डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र कुनै सदनको सदस्य भइसक्नुपर्ने प्रावधान धारा ७८ (२) मा छ ।

मन्त्री भएको ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकेमा सो व्यक्ति हाल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर पुनः मन्त्री हुन नसक्ने संवैधानिक प्रावधान छ ।

Advertisement
Advertisement

खतिवडालाई संविधानको धारा ८६ (२) (ख) बमोजिम २०७४ सालको फागुन २१ गते राष्ट्रिय सभाको सदस्य मनोनीत गरिएको थियो । मनोनित भएपछि उनी अर्थमन्त्री भएका थिए । गोला प्रथाबाट उनको कार्यकाल २०७६ साल फागुन २० गते सकिएको थियो । उनलाई संविधानको धारा ७८ ९१० बमोजिम पुनः मन्त्री पदमा मात्र नियुक्ति दिइएको हो ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली एकपटक कार्यकाल सकिएको व्यक्ति पुनः मन्त्री बन्ने मात्र होइन, संसद्को सदस्य बन्नका लागि नै अयोग्य हुने बताउँछन् । मन्त्री खतिवडाको मन्त्री पद सकिएपछि उनलाई राष्ट्रिय सभामा सदस्य बनाई लाने चर्चा चलिरहेको छ ।

संविधान तथा राष्ट्रिय सभा नियमावली, २०७५ ले एक जना व्यक्तिको राष्ट्रिय सभाको सदस्यको कार्यकाल बढीमा ६ वर्ष तोकेको उल्लेख गर्दै संविधानविद् वरिष्ठ अधिवक्ता डा. ज्ञवाली दुई वर्षमा कार्यकाल सकिएको व्यक्तिलाई मनोनित गर्दा उसको कार्यकाल ८ वर्षको हुने बताउँछन् । त्यस्तै ४ वर्षमा सकिएर अवकाश हुनेको कार्यकाल १० वर्षको हुने जुन संविधान तथा नियमावली विपरीत हुने उल्लेख गरे । राष्ट्रिय सभा स्थायी सदन हुने र शुरु गठन हुँदा मात्र यसका सदस्यको कार्यकाल २, ४ र ६ वर्ष गरी छुट्याइएको हो ।

Advertisement

एकपटक कार्यकाल सकिएकोलाई ६ वर्ष पूरा नहुँदै पुनः मनोनयन गर्ने हो भने सरकारले नै संविधान संशोधन गरेको ठहरिने वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले भने । यदि सरकारले त्यस्तो गरिहालेमा अदालतले परीक्षण गर्नका लागि बाटो खुला हुने पनि उनले उल्लेख गरे ।,आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top