Nepal Times
Nepal Times
3
Shares

निकारागुवामा न्यायमाग्दै हजारौँको प्रदर्शन

निकारागुवामा न्यायमाग्दै हजारौँको प्रदर्शन

मानागुवा, १६ वैशाख ः निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन भएकाप्रति तथा गएको दशकमा देशमा जारी हिंसाका कारण ज्यान गुमाएका नागरिकप्रति न्याय गर्न माग गरेका छन् ।

गएका केही दिनयतादेखि यहाँ सरकारका विरुद्धमा आन्दोलन भएको छ र यसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सरकार विरोधी प्रदर्शनमा विश्वविद्यालयका विद्यार्थीको उल्लेख्य सहभागीतामा प्रदर्शनकारीले निलो र सेतो झण्डा देखाइएको थियो । सो प्रदर्शनमा विद्यार्थलाई अन्य युवा र ज्येष्ठ नागरिकले पनि साथ दिएका थिए ।

निकारागुवाका राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानुनका विरुद्धमा आन्दोलन भइरहेको हो ।

यही अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूला प्रदर्शन भएका सञ्चार माध्यमले जनाएका छन् ।

आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उनँकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध पनि चर्को आक्रोस पोखेका छन् ।

आन्दोलनका क्रममा पसल तथा घरहरु तोडफोड र लुटपाट हुनुका साथै हिंसात्मक आक्रमणसमेत भएका पनि प्राप्त समाचारमा जनाइएको छ ।

सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानुनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानुन फिर्ता लिँदासमेत रोकिएको छैन ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.