×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

सेक्युरिटी प्रेस खरिद प्रकरणः अडियो रेकर्ड गर्ने मिश्रलाई आयोगमा उपस्थित हुन अख्तियारको सूचना

१७ भाद्र २०७७

१७ भदौ, काठमाडौँ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना जारी गरेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण उजुरीहरुको छानबिनका क्रममा बयान लिने र सोधपुछ गर्ने काम अवरुद्ध भएका बेला अख्तियारले मिश्रलाई उपस्थितिका लागि सूचना निकालेको हो ।

Advertisement
Advertisement

एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको बताएका थिए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने जापान पुगेका छन् ।

Advertisement
Advertisement

केही दिनअघि कान्तिपुरले बाँस्कोटालाई सफाई दिने तयारी भन्ने समाचार प्रकाशित भएपछि यो विषय सतहमा आएको हो । अख्तियारमा छानबिन भइरहेको यो अनुसन्धान अघि बढ्न मिश्रले अडियो टेपको सनाखत गर्नुपर्ने कानुनी बाध्यता रहन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top