भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक

१७ भदौ ७७, बिहीबार

१८ भदौ, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको जनाईएको छ ।

Advertisement

ह्याकरले मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेका छन्। ट्वीटमा भारतले क्रिप्टोकरेन्सी सुरुवात गरेकाले त्यसमार्फत् दान गर्न भनिएको छ। ट्वीटरमा भनिएको छ– ‘अहिले भारतले क्रिप्टोकरेन्सी सुरु गरेको छ । कोभिड–१९ का लागि म तपाई सबैसँग प्रधानमन्त्री राष्ट्रिय राहत कोषलाई यसमार्फत् दान गर्न अपील गर्दछु।’

Advertisement

भेरिफाई भएको उक्त अकाउन्टमा २५ लाख फलोअर रहेका छन्। प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक भएकोबारे अनुसन्धान भइरहेको ट्वीटरले जनाएको बीबीसीले जनाएको छ।

ट्वीटरले भनेको छ– ‘सक्रियताका साथ हामी अनुसन्धान गरिरहेका छौँ । यस समयमा कुनै थप अकाउन्टमा असर परेको जानकारी छैन।’ अहिले भने प्रधानमन्त्री मोदीको व्यक्तिगत वेबसाइटमा ६ करोड १८ लाख फलोअर भएको ‘नरेन्द्र मोदी’ ट्वीटर अकाउन्ट लिंक भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top