Nepal Times
Nepal Times
3
Shares

गोरु काट्ने तीन जना पक्राउ

गोरु काट्ने तीन जना पक्राउ

विराटनगर, बैशाख १७ ः झापाको बुद्दशान्ति गाउँपालिका बाट गोरु काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्दशान्ति –२ बस्ने ३८ बर्षिय बलबहादुर दर्जीको घरबाट गोरुको मासु काटिरहेको अवस्थामा तीनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ बर्षिय सुनिल तामाङ, ३५ बर्षिय बसन्त साह र इलाम देउमाई नगरपालिका–४ बस्ने २७ बर्षिय बिक्रम सोनाम रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कर्यालय बुधबारेबाट खटिएको प्रहरीको टोलीले गोरुको ६० किलो मासुसहित बेलुका १० बजेतिर पक्राउगरेको हो ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखीएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.