नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन माग

१८ भदौ ७७, बिहीबार

१८ भाद्र, काठमाडौं ।
नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको छ।

Advertisement

इंग्ल्याण्ड क्रिकेट बोर्ड अथवा अस्ट्रेलियन क्रिकेट बोर्डबाट कोचिङ लेबल–३ कोर्स गरेको हुनुपर्ने, आईसिसीको पूर्ण सदस्य, प्रथम श्रेणी टोली, आईसिसी एसोसिएट राष्ट्रिय टोली वा अन्तर्राष्ट्रिय लिगमा कम्तीमा तीन वर्ष प्रशिक्षक भएर काम गरेकाले आवदेश दिन सक्नेछन्।

आवेदकको उमेर ६० वर्ष ननाघेको पुरुष हुनुपर्ने छ। क्यानले महाप्रबन्धक, चिफ फाइनान्स अफिसर, क्रिकेट म्यानेजर र सातवटै प्रदेशका लागि प्रशिक्षकका लागि पनि आवेदन आह्वान गरेको छ। तलब आपसी समझदारीमा निर्धारण गरिने उल्लेख छ । आवेदन सेप्टेम्बर २३ सम्ममा दिनुपर्ने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top