Nepal Times
Nepal Times
3
Shares

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

बेइजिङ, १७ वैशाख ः चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् ।

उनी यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको आमन्त्रणमा उनी उत्तर कोरियाको भ्रमणमा जान लागेको पनि उनले जानकारी दिए ।

पछिल्लो समयमा उत्तर कोरिया विश्व राजनीतिको चासोको एक केन्द्र बनिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो ।

त्यस्तै उत्तर कोरियाली नेता उनसँग आफूले पनि केही हप्तामा भेटवार्ता गर्ने जानकारी शनिबारमात्र दिएका छन् ।

कोरियाले लिएको यो पछिल्लो रणनीतिका कारण विश्व राजनीतिक सरगर्मी बढेको बेला चिनियाँ विदेशमन्त्रीले गरेकोे यो भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.