रुसले बनाएको कोरोना विरुद्धको खोप सुरक्षित रहेको अनुसन्धाताहरूको दाबी

२० भदौ, एजेन्सी ।
रूसले बनाएको भनिएको कोभिड– १९ विरूद्धको भ्याक्सिन ‘स्पुतनिक–भी’ सुरक्षित भएको अनुसन्धाताहरूले दाबी गरेका छन्। दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ल्यानसेट जर्नलमा प्रकाशित एक अध्ययनले रुसले गत महिना सफल परीक्षण गरेको दाबी गरिएको सो भ्याक्सिन सुरक्षित दाबी गरिएको समाचार टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ।

Advertisement

७६ जनामा गरिएको अध्ययनमा सो भ्याक्सिनले मानिसमा कुनै पनि गम्भीर समस्या बिना नै शरीरमा एन्टिबडी वृद्धि गराएको दाबी गरिएको छ। शुक्रबार लान्सेन्टले एन्टीबडीमा वृद्धि गरेको उल्लेख गरेको हो। शुक्रबार लायनसेट जर्नलमा सो रिपोर्ट प्रकाशित भएको हो ।

अध्ययनकर्ताले तथ्यांकहरु संकलनबाट भ्याक्सिन सुरक्षित र स्वयसंवी प्रयोगकर्तामा गम्भीरखालको प्रतिकूल असर नदेखिएको निष्कर्ष निकालेका छन् । भ्याक्सिनले २१ दिनभित्र रोगप्रतिरोधात्मक क्षमता उत्प्रेरित गरेको अध्ययनमा पाइएको छ ।

Advertisement

११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । स्पुतनिक–भी नाम दिइएको रुसी भ्याक्सिन गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top