कोरोनाविरुद्ध काठमाडौंमा सुरु भयो जनचेतना कार्यक्रम

२० भदौ, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको छ । उपत्यका लगायत देशका अन्य स्थानमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि आज शनिबार मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको हो ।

काठमाडौं ललितपुर र भक्तपुर जिल्लाका विभिन्न १० रुटमा मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको हो ।‘कोरोनालाई परास्त गरौँ’, ‘स्यानिटाइजर मास्क प्रयोग गरौँ’, ‘भौतिक दुरी कायम गरौ’ भन्ने नाराका साथ माईतीघरबाट कार्यक्रमको सुभारम्भ गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड नगर्न आग्रह गर्ने, केही मान्छे भेला भएको ठाउँमा गएर २ मिटरको दुरी कायम राख्न आग्रह गर्ने, मास्क लगाउन आग्रह गर्ने गरी जनचेतना जगाउन कार्यक्रम आयोजना भएको बताए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने एकिन नभएको अवस्थामा बेलाबेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, स्वास प्रस्वासबाट कोरोना सर्न सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै व्यक्ति दुरी कायम गर्नुपर्ने बताए । ललितपुरको पाटनमा दुर्भाग्यपूर्ण घटना भएको स्मरण गर्दै उनले आगामी दिनमा त्यस्ता घटना नहुन भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म २ सय ७१ जनाको मृत्यु भएको छ । ४४ हजार २ सय ३६ जनामा संक्रमण पोजेटिभ हुँदा २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएका छन् ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top