×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि

२० भाद्र २०७७

२० भदाै, काठमाडौं ।

बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ ।

Advertisement
Advertisement

यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भए पनि २००९ बाट मात्र अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी नेपालमा पनि आम सञ्चार माध्यम तथा भर्चुअलमार्फत सीमित कार्यक्रम गरिएको छ ।

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन् । नेपालमा सेतो, हिमाली, हाडफोर, राज, खैरो, डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध पाइन्छन् । तीमध्ये डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसङ्कटापन्न सूचीमा छन् ।

नेपाललगायत दक्षिण एसियामा गिद्धको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक हो । सो औषधि प्रयोग गरेका पशुको सिनो खाँदा गिद्धको मिर्गौला फेल भई ठूलो सङ्ख्यामा कमी आएको थियो ।

गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ साल जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु गरेको छ । त्यसयता गिद्धको सङ्ख्यामा कमी आउने क्रम रोकिएको र वृद्धि उन्मुख रहेको राष्ट्रिय निकुञ्ज तथा वन्जयन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।

नेपाल, भारत र बङ्लादेशलगायत मुलुकमा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधिको प्रयोगको अवस्था कस्तो छ भन्ने बारेमा हालै एक अन्तर्राष्ट्रिय जर्नलमा लेख पनि प्रकाशित भएको छ । सन् २०१२ देखि २०१७ सम्म अध्ययन गरी प्रकाशित यस लेखमा नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सियमको प्रयोग करीब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग शून्य पाइएको उक्त लेखका सहलेखक तथा गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए ।

प्रदूषण नियन्त्रणको सारथी गिद्ध
गिद्ध आफैँले सिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ । एक तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ ।

सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ । यसको परिणाम मानिसमा रेबिज, प्लेग, हैजा, आउँ र पखालाको महामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृतसमेत रहनुभएका भुसालले बताए ।

पारिस्थितिकीय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्ध आफ्नो आहारा खोजीका लागि सयौँ किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ ।

गिद्ध संरक्षणका चुनौती
सङ्घले गरेको स्थलगत अध्ययनअनुसार सन् २००२ देखि २०११ सम्म गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिए पनि पछिल्लो समयमा गिद्धको सङ्ख्या ह्रास दरमा कमी आई वृद्धिउन्मुख रहेको छ । आहारा र बासस्थानमा आएको कमीलगायत कारण अझै पनि गिद्ध संरक्षणमैत्री वातावरण बन्न नसक्दा संरक्षणमा चुनौती छ । आहारको खोजीमा टाढाटाढासम्म यात्रा गर्ने गिद्ध संरक्षणका लागि एक देशले मात्र काम गरेर सुनिश्चित नहुने भएकाले यसमा अन्तरदेशीय सहकार्यको समेत खाँचो रहेको छ ।

आज बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा सङ्घले नेपालमा पाइने नौ प्रजातिका गिद्धका विभिन्न चरण र अवस्थाका फोटोहरु सङ्कलित फोटो पुस्तक सार्वजनिक गरेको छ । यसले गिद्धको पहिचान र संरक्षण सचेतना प्रवाहमा महत्वपूर्ण टेवा पु¥याउने सङ्घको अपेक्षा छ ।

Advertisement

रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top