×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फूलले बजार नपाएपछि चिन्तामा पुष्प व्यवसायी

२० भाद्र २०७७

२० भदाै, काभ्रे ।

ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् ।

Advertisement
Advertisement

उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरु गरेको पुष्प व्यवसाय फस्टाएपनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए ।

काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौँको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थले भने, “अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन”, उनले भने, “लगानी गर्नुमात्रै भयो ।” तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए ।

Advertisement

बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भएपनि त्यसले ज्याला समेत नउठेको उनले बताए । रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top