भारतमा एकैदिन ८६ हजार सङ्क्रमित, ब्राजिललाई उछिन्ने संकेत

२१ भाद्र, एजेन्सी ।
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट थप ८६ हजार मानिस सङ्क्रमित भएको पाइएको छ।

Advertisement

शनिवार दिइएका विवरणअनुसार २४ घण्टाको अवधिमा ८६,४३२ नयाँ सङ्क्रमित भेटिएका छन्। यो सङ्ख्या दैनिक सर्वाधिक वृद्धि हो। साथै विश्वमा अन्यत्र कुनै देशमा पनि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छैनन्। वितेका तीन दिनदेखि भारतमा लगातार प्रतिदिन ८० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कुल ४० लाख २३ हजारभन्दा धेरै मामिला भेटिएका छन्। तीमध्ये साढे आठ लाख जति सक्रिय सङ्क्रमित छन् भने ३१ लाख मानिस निको भइसकेका छन्। हालसम्म त्यहाँ कोभिड–१९ का कारण ६९,५६१ मानिसको ज्यान गइसकेको छ।

Advertisement

शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १०८९ जनाको ज्यान गएको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको विवरण बमोजिम संसारभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ६६ लाख नाघेको छ। कोभिड–१९ ले हालसम्म संसारका आठ लाख ७६ हजार मानिसको ज्यान लिइसकेको छ।

सबभन्दा धेरै सङ्क्रमित अमेरिकामा पाइएका छन्। त्यहाँ ६२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ८८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ। दोस्रो स्थानमा ब्राजिल छ जहाँ ४० लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ एक लाख २५ हजार मानिसको ज्यान गइसकेको छ।

Advertisement

तेस्रो स्थानमा रहेको भारतमा तेज गतिमा सङ्क्रमण वृद्धि भइरहेको हुनाले ब्राजिललाई भारतले उछिन्ने देखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top