ट्रम्पको चुनावी अभियानको झण्डासहित परेडमा सहभागी डुंगा दुर्घटना

२१ भदौ ७७, आइतबार
Share this
734shares

२१ भाद्र, एजेन्सी ।
अमेरिकाको टेक्सासमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्थानीय तालमा परेडमा सामेल भएका डुंगाहरु डुबेका छन्।

Advertisement

आउँदो नोभेम्बरमा हुने चुनावमा ट्रम्पको पक्षमा टेक्सासको राजधानी अस्टिनमा रहेको ट्राभिस तालमा परेडमा सामेल भएका डुंगाहरु डुबेका हुन् । धेरै डुंगाहरु निकै नजिक भएर चलेका कारण तालको पानीमा सन्तुलन नमिल्दा दुर्घटना भएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

ट्रम्पको चुनावी अभियानको झण्डासहित परेडमा सहभागी भएकाहरु तालमा खसेपछि उद्धार गरिएको हो । अहिलेसम्म घटनामा कोही घाइते भएको खबर नरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। लेक ट्राभिस ट्रम्प बोट परेड नाम गरेको कार्यक्रमको फेसबुक इभेन्टमा २६ सय भन्दा बढीले सहभागी भएको भनेर मार्क गरेका छन् ।

Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top