Nepal Times
Nepal Times
3
Shares

चित्तल मार्ने ६ जना पक्राउ

चित्तल मार्ने ६ जना पक्राउ

कैलाली, १८ वैशाख ः कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन् । पक्राउ परेकामाथि कानूनी कारबाहीका लागि कैलालीको लम्कीस्थित सेक्टर वन कार्यालयमा पठाइएको छ ।

यसैबीच, भारतको लखिमपुर निवासी अंकित बिच्छोतलाई त्रिनगर भन्सार सीमानाकाबाट सोमबार लागूऔषध नाइट्रोभेट ९२ ट्याब्लेट र स्पास्मो प्राक्सोभन २९ ट्याब्लेटसहित पक्राउ गरी अनुसन्धान थालिएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.