×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

हेलम्बुमा ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुँदै

२२ भाद्र २०७७

२२ भदाै, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार उमा÷थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भएको छ ।

Advertisement
Advertisement

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट गएको असार महिनामा १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको ठेकेदार नरहरि खडकाले बताए । उनका अनुसार हाल कोरोना भाइरसका कारण देशैभरी निषेधाज्ञा जारी भएकोले आगामी दशैँपछि मात्र काम शुरु गरिने कार्यक्रम रहेको छ ।

बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आफू निर्वाचित भएर आएदेखि यस ठाउँमा बञ्जीको निर्माण गर्ने परिकल्पना गरेको र अब त्यसले साकार रुप लिन लागेको अध्यक्ष शेर्पाको भनाइ छ । धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको हेलम्बुमा पर्यटकलाई आकर्षित गराउने उद्देश्यले चीनको ग्रेटवालको झल्को दिने खालको कूल ६० किलोमिटर हिमालय ग्रेट ट्रेलको (पदमार्ग)समेत गतवर्षदेखि निर्माण कार्य शुरु गरिएको छ ।

बञ्जीको लागि गाउँपालिकाले गत वर्ष डा एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ । निर्माण गरिने झोलुङ्गे पुलले स्थानीय पाङगाङमा र धवागाङ दुई वटा गाउँलाई जोड्छ । पुल तयार भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदै आएको झण्डै पाँच घण्टाको समयमा उल्लेखनीय कमी आउने र उकाली ओरालीको कष्टकर यात्रासमेत हटने गाउँपालिकाका सव—इन्जिनीयर शेरबहादुर राईले बताए ।

झोलुङ्गे पुल तयार भएपछि बञ्जी जम्पको कामको थालनी हुने गाउँपालिकाले जनाएको छ । पुल तयार भएपछि त्यहाँस्थित सेमी सिताङ हिमालका साथै नजिकै रहेको मेलम्ची खानेपानी आयोजनाको अम्वाथानस्थित मुहान क्षेत्रकोसमेत अवलोकन गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ । कूल १६० मिटर उचाइको बञ्जी जम्प २०५६ सालदेखि जिल्लाको भोटेकोशी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोशीको भन्दा १३ मिटर बढी उचाइको हुने छ । गहिरो खोचमा रहेकाले रोमाञ्चकको दृष्टिकोणले भोटेकोशीको बञ्जीलाई उत्कृष्ट मानिएको द लाष्ट रिर्सोट प्रालिका सञ्चालक तथा बञ्जी जम्प व्यवस्थापक कुमार राउतले जानकारी दिए ।

Advertisement

त्यहाँदेखि विदेशी युवायुवती तथा सिनेकलाकार समेतले बञ्जी गरिसकेका छन् । २०७४ सालदेखि प्रहरी अधिकृतलाई पनि अनिवार्य गरिएको छ । गतवर्ष पनि प्रहरी निरीक्षकको आधारभूतसेवा प्रवेश तालीमको सिलसिलामा राष्ट्रिय प्रहरी प्रतिष्ठानले १४ महिलासहित १२० जनालाई बञ्जी जम्प गराएको थियो ।रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top