धनुषामा गाउँलेद्वारा इन्स्पेक्टर कुटिए, ५ जना पक्राउ

२२ भदौ ७७, मंगलबार

२२ भदौ, जनकपुरधाम ।
धनुषामा खोलामा सालको काठ भेटिएको विषयमा झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) घाइते भएपछि प्रहरीले ५ जनालाई पक्राउ परेका छ ।

धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा आइतबार राति औहरी खोलामा भेटेको सालको काठ लैजाने विषयमा गाउँले र प्रहरीबीच झडप भएको थियोे । झडपका क्रममा गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिपक राय र प्रहरी जवान रामविश्वास पण्डित घाइते भएका थिए भने प्रहरीको लाठी चार्जबाट एक महिला सहित ३ जना स्थानीय समेत घाइते भएका थिए । इन्स्पेक्टरको निधार फुटेपछि उनलाई ६ वटा टाँका लागेको छ ।

सोही घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले सोमबार दिउँसो दुई महिलासहित पाँच जना गाउँलेलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पक्राउ पर्नेमा शान्तिपुरका स्थानीय रधियादेवी सदा, रञ्जिता देवी राउत, निराजन राउत, अञ्जय सदा र फुलगेन सदा रहेका छन् । घटनाको विषयमा अनुसनन्धान तथा सोधपुछका लागि पक्राउ गरेको डीएसपी मिश्रले बताए ।

स्थानीय औरहीखोलामा दाउरा खोज्ने क्रममा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले सखुवा काठको गोलिया भेटेका थिए । राति सोही गोलिया ट्याक्टरमा लोड गरेर गाउँलेले लैजान लागेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले सो काठ नियन्त्रणमा लिन खोजेपछि प्रहरी र गाउँलेबीच झडप भएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top