×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत,आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरे

२३ भाद्र २०७७

२३ भदाै, बाग्लुङ ।

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् ।

Advertisement

हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ । बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन् । अर्कैले जलाइदिए ।

जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान् । आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको विडम्बना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका लागि गुमाएका छन् । यो त दुःखान्त पीडाको खबर थियो नै । यसमा अझ पीडा त बाढीमा बेपत्ता भएर ज्यान गुमाएका आफ्नो दिवङ्गत छोराको शव अर्कैले जलाउँदा भएको छ । यो थाहा पाएपछि परिवारलाई कति पीडा भएको होला ? बेपत्ता भएको आफ्नो छोरालाई अर्कैले जलाउँदा बाबुआमाको मन कति दुखेको होला ? हामी त केवल अनुमान मात्रै गर्न सक्छौँ ।

ढोरपाटनको बाढीमा बेपत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको शव घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको शव भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो । आफन्तले पनि नारायणको शव प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङघाटमा जलाइयो । प्रेमका आफन्तले अर्कैको शव जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो शव फेला पारेपछि २० गते फेरि पुनको शव बुर्तिवाङघाटमै जलाइयो तर नारायणका परिवारले आफ्नो छोराको शव भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन् ।

भदौ १९ गते जलाइसकेको शव आफ्नो छोरा भएको २० गते प्रेमकोे परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए । “प्रहरीले मलाई थाहै नदिई मेरो छोराको शव अर्कैको भनेर बुझाइसकेर दाहसंस्कार भइसकेको रहेछ”, तुलबहादुरले भने, “मेरो छोरालाई प्रेम पुनको शव भनेर जलाएको भोलिपल्ट उनको शव फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको शव मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो ।”

आफ्नो छोरा नारयण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ । भदौ १९ गते फेला परेको शव एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उनले बताए । “कसैले दुईपटकसम्म दाहसंस्कार गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले जलाएछन्, मैले दाहसंस्कारै गर्न पाइनँ ।” नारायणलाई १९ गते नै जलाएको २० गते थाहा पाएपछि कपाल मुण्डन गरेको उनको भनाइ छ । तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ । तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको शवसमेत देख्न नपाई जलाइएकामा उनको दुखेसो छ ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको शव क्षतविक्षत भएकाले पहिचनामा समस्या भएको बताए । “१९ गते फेला परेको शव ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दाहसंस्कार गर्नका लागि बुझायौँ”, भण्डारीले भने, “त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो शव फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो ।”

प्रहरीका अनुसार सोमबार मात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको शव नारायणको भएको सनाखत गरिएको छ । फेला पर्ने अधिकांश शवको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ ।रासस

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top