मनोसामाजिक समस्याविरुद्ध जनचेतना जगाउन प्रधानमन्त्रीको निर्देशन

२३ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरूसँग परामर्श गरेका छन् । बालुवाटारमा प्रधानमन्त्रीले मंगलबार परामर्श गरको हुन् । छलफलमा प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण सिर्जित मनेसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालक योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ निकायहरूलाई सक्रिय हुन निर्देशित गरेका छन् ।

Advertisement

उनले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिए । उनले भने – ‘ कोभिड– १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मनोचिकित्सक र स्वास्थ्य मन्त्रालयले कोरोनाबारे यथार्थ कुरा बाहिर ल्याउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

Advertisement

मनोचिकित्सकहरूले प्रधानमन्त्री समक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए । उनीहरुले लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको बताएका थिए । नेपालमा मनोस्वास्थ्यलाई महत्व नदिएको पनि उनीहरूले प्रधानमन्त्रीसँग गुनासो गरे । मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने चिकित्सकहरूको जोड थियो ।

Advertisement

छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, डा. सरोजप्रसाद ओझा, डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, डा.रितेश थापा, डा. दिव्य सिंह, डा. सगुन पन्त, डा. रोशन पोखरेल, डा. फणीन्द्र बराल, डा. अनन्त अधिकारी लगायत सहभागी थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top