काठमाडौंका कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट

२३ भदौ, काठमाडौँ ।
तिव्र गतिमा बढीरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशिल किसानहरुले यहि कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफुल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

पछिल्लो समय कोरोना भाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकामा किसानहरु घरको छतमा तरकारी र फलफुल उत्पादन गरेर लाखौ आम्दानी गरिरहेका छन् । बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफुल र तरकारी खेती गरेर लाखौ आम्दानी गरिहेका हुन् । केही समय अघिसम्म आफ्नो आवश्यकता अनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुटको फलाइरहेका छन् । ड्रगन फ्रुटको खेतिबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यन्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालले बताए ।

Advertisement

खेतियोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उनले बताए । रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सन्तला, आँप कटहरु खेतिभन्दा सहज र बजारीकरणका लागि सरल हुने उनको भनाई छ । वर्षेनी ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेति विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत केही सम्बोधन गर्न खोजेको उनले बताए । राष्ट्र बैंकले समेत मौद्रिक नीति मार्फत विशेष गरी गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रवद्र्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उनले बताए ।

Advertisement

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ । काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ । लाखौले रोजगारी गुमाएका छन । यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतिले स्वरोजगार बन्न मद्दत गर्छ । र वर्षेनी विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिकवृद्धिमा टेवा पु¥याउन सकिन्छ ।

 

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top