×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदेशमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, साउदीमा थप २ सय नेपाली अलपत्र

२४ भाद्र २०७७

२४ भदौ, दोहा ।
पछिल्लो केही समय यता साउदी अरबमा नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ । कोरोनाका कारणले नेपालमा अन्तराष्ट्रिय हवाई उडानमा रोक लगाएको तथा विदेशमा कोरोना लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएर विगत लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र पर्न थालेका छन् ।

साउदी अरवको रियादमा थप दुई सय नेपाली कामदार अलपत्र परेका छन् । रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन् ।

Advertisement
Advertisement

विगत ७ महिनादेखि कोठामा बस्दै आएका उनीहरुले भिसा सकिएर एक्जिट लागेको समेत २ महिना भैसकेपनि कम्पनीले घर पठाउने वास्ता नगरेको बताएका छन् । साउदी अरवको रियाद स्थित ती दुई कम्पनीमा काम गर्ने नेपालीहरुले आफूहरुको उद्धारमा दूतावासले पनि आवश्यक मद्दत नगरेको गुनासो गरेका छन् ।

कम्पनीले विगत ७ महिनादेखि आफूहरुलाई तलब सुविधा उपलव्ध नगराएको सोही कम्पनीमा कार्यरत सुमन नेपालले बताए । टिकट महँगो भएको र साउदीस्थित नेपाली दूतावाससँग चार्टर्ड फ्लाईट अनुमति मागे पनि नदिएको कम्पनीले आफूहरुलाई बताउने गरेको उनले बताए । उनीहरुले उडान महँगो भएको भनेपछि घरबाट पैसा मगाएर आधा पैसा समेत सबैले कम्पनी बुझाएको तर, पनि अहिलेसम्म कम्पनी पठाउने कुनै नगरेको बताएका छन् ।

खाना राम्रो नभएको कारण धेरै साथीहरु बिरामी परेको जनाउँदै अहिलेसम्म कसैले पनि उपचार नपाएको उनीहरुको भनाइ रहेको छ । रोजगारी गुमाएको पीडा त छँदैछ, अर्कोतिर सम्बन्धित दूतावासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको उनीहरु बताउँछन् ।

यता, साउदीको समास्को कम्पनीमा करिव १२ सय नेपाली कामदार महिनौंदेखि स्वदेश फिर्तिको पर्खाइमा विमान कुरिरहेकाहरुले स्वदेश फर्कन नपाएपछि, ‘केपी ओली, देश छोड’, ‘नेपाली दूतावास खारेज गर’ ‘मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।  नाराबाजी गरेको बारे दूतावासमा बुझदा प्रमुख समस्या भनेकै उडान संख्या कम भएको कारण उनीहरु स्वदेश फर्किन नपाएर आक्रोशित भएको प्रतिक्रिया दिएको छ ।

Advertisement

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले स्वदेश फर्कन नपाएर आक्रोशित हुनु स्वाभाविक रहेको जनाउँदै आगामी सेप्टेम्बर १८ तारिखमा केहीलाई पठाइने र बाँकी रहेकालाई पनि क्रमशः पठाउने तयारी भैरहेकाले यो समस्या चाँडै हल हुने बताए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top