आगामी संसदीय निर्वाचनमा भाग लिने उम्मेदवारलाई रुसी कोरोना खोप लगाउने मडुरोको प्रस्ताव

२४ भदौ, एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आगामी संसदीय निर्वाचनमा भाग लिने उम्मेदवारलाई रूसले बनाएको कोरोनाभाइरसको भ्याक्सिन लगाउने प्रस्ताव गरेका छन् ।

Advertisement

मंगलबार टेलिभिजनबाट सम्बोधन गर्दै मडुरोले रूसी भ्याक्सिन लगाएपछि साढे १४ हजार उम्मेदवारले ढुक्कले चुनावी प्रचारप्रसार गर्न पाउने बताए ।

उनले रूसले बनाएको स्पुतनिक ५ भ्याक्सिनको केही डोज यही महिना र बाँकी अक्टुबरमा भनेजुयला आउने बताए। त्यो कसलाई लगाउन ल्याउन लागिएको भन्नेचाहिँ मडुरोले विस्तृतमा नखुलाएको रोयटर्सले जनाएको छ।

Advertisement

भेनेजुयलामा डिसेम्बर ६ का लागि संसदीय चुनावको मिति तोकिएको छ तर विपक्षीहरूले भने चुनावमा मडुरोले धाँधली गर्ने भन्दै बहिष्कार गर्ने बताउँदै आएका छन्। यद्यपी चुनावमा भाग लिने कि बहिष्कार गर्ने भन्नेबारे विपक्षीहरूमा नै एकमत भने छैन।

गत महिना रूसले कोरोनाभाइसविरूद्ध आफूले संसारकै पहिलो भ्याक्सिन बनाएको दाबी गरेको थियो। त्यहाँका अधिकारीहरूले उक्त भ्याक्सिनलाई मान्यता दिएपछि तेस्रो चरणको वृहत परीक्षण नै नगरी भ्याक्सिनलाई अनुमति दिएको भन्दै केहीले आलोचना गरेका थिए।

Advertisement

यसैबीच स्पुतनिक ५ भ्याक्सिन लगाएकाहरूको शरीरमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकास भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। मेडिकल जर्नल द ल्यान्सेटमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार रूसी भ्याक्सिन लगाउँदा एन्टिबडी देखिए पनि अझै धेरै परीक्षण गर्न बाँकी रहेको उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top