×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

१८ बैशाख २०७५

झापा, १८ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन् ।

आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले नै कर्णाली पुगेर यो अभियान शुरु गरेको हूँ भने ।

Advertisement
Advertisement

“तपाईं गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्,” प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनुहुँदैन ।”

अपाङ्गता भएका बालबालिकालाई पनि सरकारले विशेष व्यवस्था गरेर शिक्षा लिने व्यवस्था सरकारले मिलाउने उनले बताए । “अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दाे हो”, उनले भने, “जनप्रतिनिधिहरु, तपाईंहरु यो महिनाभर गाउँ गाउँ जानुहोस्, सबै बालबालिकालाई विद्यालयमा ल्याउनुहोस् ।” उन्नति प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएका कारण शिक्षा लिनबाट वञ्चित भए देशले उन्नति गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले आज नै चारपाने–चैतुबारी–मोतीगढ, साधुकुटी–घोडामारा–राजगढ सडकखण्डको स्तरोन्तिको शिलान्यास गरेका छन् । त्यस्तै उनले ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत निर्माण गरिएको लक्ष्मीपुर–साधुटार सडकखण्डको समेत उद्घाटन गरे ।

उनले आफ्नो सम्बोधनमा भूमिहीनका नाममा जताततै जग्गा हडप्नेलाई सरकारले नछोड्ने दृढता व्यक्त गरे ।
उनले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरिङ खोलामा निर्माण गरिने पक्की पुलको शिलान्यास गरेका छन् भने ग्रामीण सडक सुधार योजनाअन्तर्गत पाडाजुँगी–झर्का, बालुवथान–चप्रामारी, खजुरगाँछी सडकको स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओली आज र भोलि झापामा बस्ने कार्यक्रम रहेको छ । झापामा रहँदा उनले विभिन्न विकास योजनाको उद्घाटन, शिलान्यास र बुधबारदेखि प्रधानमन्त्रीको गृह नगर दमकमा शुरु हुने दमक गोल्डकप फुटबलका उद्घाटन गर्नेे बताइएको छ ।

प्रधानमन्त्री ओली बुधबार आफ्नै गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । दमक नगरपालिकाले घोषणा गरेको धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको समेत उद्घाटन गर्दै छन् । यसैगरी, प्रधानमन्त्री ओलीले दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमूना बजारको समेत उद्घाटन गर्ने छन् ।

Advertisement
Advertisement

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई थिए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top