×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घरमै बसेर जितिया मनाउँदै थारु महिला

२५ भाद्र २०७७

२५ भदाै, भरतपुर।

थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका हुन् ।

Advertisement
Advertisement

थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ । कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए।

आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ ।

तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा खैरहनी नगरपालिका–१० की फूलमती चौधरी बताउँछन् । उनले भने, “जितिया हामी महिलाको मुख्य चाड हो, आज निराहार ब्रत बसी साँझ जीतबाहनको कथा श्रवण गरेपछि मात्रै फराहर गर्छौँ ।” चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

आज अष्टमीको दिन भएकोले महिला बिहानैदेखि ‘उपास’ ब्रतबसि घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन् । थारु महिला अगुवा खैरहनी–९, बैरहनीकी चन्द्रकुमारी चौधरीले भन्नुभयो, “कोरोनाका कारण यसवर्ष घरमै जितिया मनाइ रहेका छौँ, गाउँका सबै महिला दिदीबहिनीलाई घरमै झाम्टा नाच नाचेर मनाउन आग्रह गरेका छौँ ।” महिला नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभर नै झमटा नृत्यमा झुमेर रम्ने दिन हो जितिया । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।

त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसके पछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दु धर्मालबम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा जोखा चौधरी बताउँछन् ।

थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढीलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीलाई जानकारी दिने गरेका छन् । यस वर्ष कोरोनाका कारण प्रतियोगितात्मक कार्यक्रमहरु भएनन् । विगत वर्षमा एक साता अघि देखि नै संस्कृति संरक्षणका लागि जितिया गीत तथा नाच प्रतियोगिताहरु हुने गर्दथ्यो । भीडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु महिला अगुवा रुकमिणी चौधरी बताउँछन् ।

Advertisement

“हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ”, उनले भने। साथै थाकसले आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेकोले सोही अनुरुप नै जितिया मनाइ रहेको बताए । चितवनमा करिव ८० हजार थारु समुदायको बसोबास छ । रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top