कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ – एस्ट्राजेनेका

२५ भदौ ७७, शुक्रबार

२६ भदाै, लन्डन।
बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।

एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि खोपको परीक्षण तत्काल रोकी परीक्षणमा सम्लग्न विरामीलाई खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा उनलाई अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो परीक्षणहरू भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यस बर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा हामीले खोपलाई उपलब्ध गराउन सम्भव छ ।”

“परीक्षणमा सम्लग्न एक स्वयम्सेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्रोजेनेकाले बुधबार घोषणा गरेको थियो । सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ तर कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण्ण राख्न गरिएको नियमित कार्य बताएको छ ।

“परीक्षण कहिले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा हामीहरू यस समितिबाट निर्देशित हुनेछौँ । हामी छिट्टै सो अवसरको पर्खाइमा छौँ,” सारियटले भने। अस्ट्राजेनेका कम्पनीले विकसित गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका भनिएका विभिन्न नौ वटा खोपमध्ये एक र बढी आशा गरिएको खोप हो ।

कम्पनीले अमेरिकाका दर्जनौँ स्थानसहित ३० हजार अमेरिकी स्वयम्सेवकसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top