महानगरीय अपराध महाशाखाका सात प्रहरीमा कोरोना पुष्टि

२६ भदौ ७७, शुक्रबार
Share this
711shares

२६ भदौ, काठमाडौं । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Advertisement

महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो।

उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ।

Advertisement

संक्रमितहरूमध्ये चार जना महाशाखाकै कार्यालयका हुन् भने अरू महाशाखा अन्तर्गतका युनिटका हुन्।

उनीहरूको विभिन्न मितिमा संक्रमण देखिएको थियो। महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो।

Advertisement

थप १९ जना प्रहरीको कोरोना परीक्षणको लागि स्वाब पठाएको एसएसपी थापाले बताए।

उनीहरूको रिपोर्ट आउन बाँकी छ। महाशाखाले गत सोमबार बागबजारबाट चार जनालाई नक्कली प्रेसकार्ड बनाएको आरोपमा पक्राउ गरेको थियो।

त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो। उनीबाट नै महाशाखामा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top