अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगान शान्ति वार्ताका लागि दोहा जाने

२६ भदौ ७७, शुक्रबार
Share this
708shares

२६ भदाै, वासिङ्टन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् ।

Advertisement

राष्ट्रपति ट्रम्पले भनेका थिए – म यहाँहरुलाई यो जानकारी गराउन चाहन्छु कि कतारको राजधानी दोहामा हुन लागेको अफगान सरकार र तालिबानबीचको शान्ति वार्ताका लागि आजै साँझ विदेशमन्त्री पोम्पेओ त्यसतर्फ जाँदै हुनुहुन्छ ।

त्यस पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौती गरेर ४ हजारमा ल्याउने योजना पनि सुनाए । त्यस्तै उनले इराकमा पनि अमेरिकी सेनाको संख्यामा कटौती गर्ने जानकारी पनि सो अवसरमा गराएका थिए।

Advertisement

अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र रुपमा हिंसा गरिरहेको मुख्य विद्रोही समूह तालिबानसँग अफगान सरकारले शान्ति वार्ता गर्ने भएको समाचार यसअघि नै आएको थियो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको थियो । तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ ।

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो । गत शनिबार मात्र अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका प्रवक्ता फराइदून ख्वाजुनले अफगान सरकार तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको जानकारी दिएका थिए।

Advertisement

यसैबीच हालैमात्र तालिबान सशस्त्र विद्रोही समूहले पनि सो समूहका मुख्य न्यायाधीश अब्दुल हकिमलाई वार्ता टोलीको प्रमुखमा नियुक्त गरिएको बताएको थियो । गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेकामा पछिल्ला केही हप्तामा तालिबान र अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् ।

अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षीहरु समेत समावेश गरेर वार्ता टोली बनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यसै हप्ता एक वक्तव्य प्रकाशन गरी अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद पनि वार्ताको प्रगतिका बारेमा दुबै पक्षलाई मनाउन कतारको राजधानी दोहा पुगेको जानकारी गराएको थियो ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top