×

NEPAL TIMES UPDATES

Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026

अनुमोदन हुनु अघि प्रस्तावित राजदूतहरुले सामना गरेका प्रश्नहरु

२६ भाद्र २०७७

२६ भदौ, काठमाडौँ ।
संघीय संसद संसदीय सुनुवाई समितिले बिहीबार प्रस्तावित राजदूतहरु राजकाजी खड्का, गोहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सरकारले खडकालाई जर्मनी, राजभण्डारीलाई बेल्जियम सहित युरोपियन युनियन र अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफारिस गरेको थियो । विशेष सुनुवाईमा सांसदहरुले तीन वटै राजदूतमाथि परेका उजुरी र अन्य समसामयीक विषयमा पालैपालो प्रश्न गरेका छन् । जसको जवाफ प्रस्तावित राजदूतहरुले दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतबाट अनुमोदन गरेको छ । सार्वजनिक सुनुवाइका क्रममा सांसदहरुले राखेको प्रश्न र राजदूतहरुले दिएको जवाफ यस्तो छ ।

Advertisement

सांसदहरुको प्रश्न
सांसद सुरेन्द्र पाण्डेले पछिल्लो समय राजदूतहरुले आर्थिक मुद्दालाई उठाउने गरेको तर उपलब्धी नदेखिएको बताए । बेल्जियम र युरोपियन युनियनका लागि सिफरिस हुनुभएका राजभण्डारीलाई जापानमा रहदा आमाबुबाको नाममा लिएको खर्च अस्वभाविक भएको र व्यक्तिगत आम्दानीको कर भुक्तानी नभएको उजुरी परेकाले स्पस्ट पार्न सांसद पाण्डेले आग्रह गरे ।

सांसद शिवकुमार मण्डलले पनि निजामती कर्मचारी हँुदा नियम विपरित तलब बुझेको, देशबाहिर रहदा आमाबुबाको लागि औषधि उपचार खर्च लिएको तथा आयकर नतिरेको उजुरी परेको सम्बन्धमा प्रश्न गरे । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बेल्जियमबाट नेपालको पर्यटन क्षेत्र र जलविद्युत क्षेत्रमा योगदान दिन के कस्तो कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ स्पस्ट पार्न आग्रह गरे । सांसद जितेन्द्रनारायण देवले राजनीतिक र आर्थिक योजनाको कार्यान्वयन, युरोपियन युनियनबाट नेपालको एयरलायन्सलाई हटाउने सम्बन्धमा हुने प्रयासको सम्बन्धमा प्रश्न गरे ।

सांसद पुष्पा भुसालले राजदूतले पठाएको कुनैपनि प्रतिवेदनको जवाफ मन्त्रालयबाट आउँदैन भन्ने सुनिएकाले त्यसमा स्पस्ट पार्न आग्रह गरिन । सांसद भिमसेनदास प्रधानले युरोपमा रहेका नेपालीहरुसँग नियमित सम्पर्कमा रहन आग्रह गर्दै नेपालको एयरलाइन्सलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन कस्तो योजना बनाउनुभएको छ भन्दै प्रश्न गरे ।

सांसद निरुदेवी पालले देशभित्र रेमिट््यान्स पठाउने नागरिक प्रति जिम्मेवार भएका काम गर्न आग्रह गरिन । सांसद देव गुरुङले पूर्वी युरोपका मुलुकहरुसँग सम्बन्ध विस्तार गर्न आग्रह गरे । समिति सभापति लक्ष्मणलाल कर्णले भने योग्यता र क्षमता मात्रै नभएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

प्रस्तावित राजदूत गोहेन्द्र राजभण्डारीको जवाफ
सांसदहरुको प्रश्नको जवाफ दिदै राजभण्डारीले आफुमाथि परेका उजुरीहरुमा सत्यता नभएको बताए । उनले जापानमा कार्यवाहक राजदूत रहेर काम गरिरहेको बेलामा सहसचिवमा बढुवा हुन परीक्षा दिएर पास भएको तर मन्त्रालयले जापानमै रहन भनेकाले आफु बढुवा नभई उपसचिव मै रहेर काम गर्नुपरेको बताए । आफ्नो व्यक्तिगत आयकर तिर्न बाँकी नरहेको तर संस्थागत शैद्धान्तिक बेरुजु देखिएको अवस्था रहेकाले मन्त्रालयले सबै कर्मचारीलाई भुक्तान गर्न भनेको खण्डमा आफुले पनि तिर्ने बताए । उक्त सम्बन्धमा मन्त्रालयको निर्णय पर्खिएको उहाँको भनाई छ । विदेशमा रहेका नेपालीहरुको गुनासो सम्बोधनका लागि आफु प्रतिवद्ध रहेको पनि उनले बताए । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन कसरी काम गर्नुपर्छ भन्ने सम्बन्धमा अहिले देखि नै गृहकार्य सुरु गरेको जवाफ उनले दिए ।

पाकिस्तानका लागि सिफारिस तापस अधिकारीलाई प्रश्न र जवाफ
पाकिस्तानका लागि राजदूतमा सिफारिस भएका तापस अधिकारीको सुनुवाईका क्रममा पनि सांसदहरुले प्रश्न राखेका छन् । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मेडिकल क्षेत्रमा अध्ययन गर्नका लागि गएका विद्यार्थीहरुको हकहितमा काम गर्न आग्रह गरे । त्यसबाहेक पाकिस्तानमा कृषि क्षेत्रमा भएको प्रविधि भित्र्याउने सम्बन्धमा काम गर्न पनि आग्रह गरे । सांसद सुरेन्द्र पाण्डेले मध्यएशियाका मुलुकहरु बिआरआई कनेक्टिभिटिमा रहेकोले त्यसबाट नेपालले कसरी बढीभन्दा बढी फाइदा लिन सक्छ अध्ययन गर्न आग्रह गरे । यस्तै पाकिस्तान र नेपालबीचको व्यपार विगतमा भन्दा घट्दै गएको अवस्थामा त्यसलाई बढाउन के कस्तो योजना बनाइएको छ त्यसमा स्पस्ट पार्न समेत आग्रह गरे ।

सांसद देव गुरुङले पकिस्तानमा बसेर क्षेत्रिय भूमिका खेल्न आग्रह गरे । खासगरी भारत र पाकिस्तान बिचमा भएको विवादको सम्बन्धमा र सार्क राष्ट्रहरुको सम्बन्धको विषयमा काम गर्न उनको आग्रह छ ।

सांसदहरुको जवाफमा अधिकारीले आफुले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन काम गर्ने बताए । पाकिस्तानमा अहिले ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको अवस्थामा त्यहाँ छात्रवृति बढाउन पहल गर्ने, कृषिमा प्रयोग भएका प्रविधि नेपाल भित्र्याउन र दुई देशबीचको व्यापार विस्तारमा काम गर्ने बताए । २०१६ मा पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलन अहिले सम्म भारत र पाकिस्तानकै विवादका कारण हुन नसकेकोले त्यस सम्बन्धमा उच्च स्तरमा कुरा गरी कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा पहल गर्ने बताए । त्यस्तै टर्की र इरानसँग पनि नेपालको सम्बन्ध विस्तारमा आफ्नो भूमिका रहने उनको भनाई छ ।

जर्मनीका लागि राजदूतमा सिफारिस रामकाजी खड्कालाई प्रश्न र जवाफ
यस्तै सांसदहरुले जर्मनीका लागि राजदूतमा सिफारिस हुनुभएका रामकाजी खड्काको सुनुवाईमा पनि विभिन्न प्रश्नहरु राखेका छन् । सांसद राजेन्द्र श्रेष्ठले नेपालको विकास पार्टनरको हिसाबले पनि विशेष देश भएकाले जर्मनीसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्न सुझाव दिए । उनले जर्मनीमा रोजगारीका लागि जाने भन्दापनि त्यहाँको प्रविधि र लगानी नेपाल भित्र्याउन पहल गर्न आग्रह गरे ।

सांसद भिमसेनदास प्रधानले पनि जर्मनीको प्रविधि नेपाल भित्र्याउन पहल गर्न आग्रह गरे । उनले नेपालबाट जर्मनीमा निर्यात बढाउने विषयमा धयान दिन र राजदूत पदलाई आरामगर्ने थलोको रुपमा नलिन समेत सुझाव दिए । सांसद सुरेन्द्र पाण्डेले जर्मनीले सन २०३० सम्ममा पेट्रोल र डिजेललाई विस्थापित गरी ग्रिन सिटिको विकास गर्ने अवधारणा अनुसार प्रविधिको विकास गरिरहेकाले त्यस्तै प्रविधि र कामलाई नेपाल भित्र्याउने भूमिका खेल्न आग्रह गरे । यस्तै युरोपकै लानीमा निर्मित एयरबस नेपालमा सञ्चालन भएपनि सोही जहाज युरोप प्रवेश गर्न नपाउने राजनीतिक वा आर्थिक कारण के हो त्यसको पहिचान गरी त्यसलाई हटाउन जर्मनीसँग पहल गर्न पनि सुझाव दिए ।

सांसदहरुको प्रश्नको जवाफ दिदै खड्काले नेपालको एयरलाइन्सलाई कालो सूचीबाट हटाउन आइकाओको क्लियरेन्सको आडमा दवाव दिन जर्मनीमा भूमिका खेल्ने प्रतिवद्धता जनाए । त्यस्तै प्रविधि भित्र्याउने र विद्यार्थीको छवि विकास र कामदारको हकहितको कुरामा अझ बढी प्रयास गर्ने समेत उनले बताए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top