विराटनगर ः पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित हुलाकडाँडामा दुर्घटनासँगै ट्रकमा आगलागी भएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको ना ६ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान आपसमा ठोक्किन पुगेको थियो ।
दुर्घटनालगत्तै काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको नेपाली सेनाको बा२ग २४६३ नम्बरको ट्रकले दुर्घटनापछि रोकिराखेको ट्रकलाई ठक्कर दिएकोे प्रहरीले जनाएको छ ।
सेनाको ट्रकले ठक्कर दिएपछि रोकिराखिएको ना ६ ख २७८१ नम्बरको ट्रकमा आगलागी भएको थियो ।
आगलागीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने मोटरसाइकल चालक घाइते हुनुबाहेक अन्य मानवीय क्षति भने नभएको जिल्ला प्रहरी धादिङले जनाएको छ ।आगलागीपछि केहिबेर राजमार्ग समेत अबरुद्ध हुन पुगेको बताइएको छ ।