सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरिए, घरका सबै बेपत्ता

२८ भदाै, सिन्धुपाल्चोक ।

Advertisement

गए राती पहिराे जाँदा सिन्धुपाल्चोककाे बाह्बिसे नगरपालिका-७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

Advertisement

सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो । थप बिवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top