सिन्धुपाल्चोक पहिरो अपडेटः ९ जनाको शव फेला, अझै २२ बेपत्ता

२८ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ को नागपुजे र भिरखर्कमा गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ ।

Advertisement

आइतबार बिहान गएको पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी दिइन्। त्यस्तै अझै २२ जना बेपत्ता भएको उनले जानकारी दिइन्।

त्यस्तै चाङसाल र साङसारका १४–१४ घर विस्थापित भएका छन्। उनका अनुसार त्यहाँ मानवीय क्षति भएको छैन। त्यसैगरी केम्बे भन्ने स्थानका तीन जना घाइते भएका छन्।

Advertisement

मृत्यु हुनेमा भक्तिमाया श्रेष्ठ, सर्किनी नेवार, जुनु बिक, सुकलाल बिक र सन्देश बिक छन्।

त्यस्तै धनलाल नेवार, हिरामाया नेवार, ट्यासी शेर्पा र ज्ञानीमाया प्रधानको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

Advertisement

बेपत्ता भएकाहरूको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top