केरुङमा कन्टेनर अड्किएपछि व्यवसायीले देउवालाई गुहारे

२८ भदौ, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने भएका छन । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समय देखि चीन तर्फको नाकामा मालबस्तु रोकिएको भन्दै आइतबार ज्ञापन पत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएको व्यवसायीहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिना देखि केरुङ नाकामा मालबस्तु सहितका १ हजार २ सय वटा कन्टेनर रोकिएर बसेको र त्यसाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको अध्यक्ष कटुवालले बताए । आफुहरुले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कुटनीतिक पहल गर्दा समेत सम्भव नभएपछि राजनीतिक पहल सुरु गरेको कुटुवालको भनाई छ ।

Advertisement

यसबाहेक कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गरिदिने व्यवस्था गरिदिन पहल गर्न समेत सभापति देउवा समक्ष व्यवसायीहरुले माग गरेका छन् । कोभिड पछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्न समेत माग गरिएको अध्यक्ष कटुवालले बताए । यस्तै कोभिडको असरबाट क्षति भएको सम्बन्धमा अध्ययन गर्न निजी क्षेत्र र सरकार सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गरेको छ । व्यसाय नै ठप्प भएको अवस्थामा सरकारले आफुहरुलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरुमा छुट दिन पहल गरिदिन पनि माग गरिएको उनले बताए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top