×

NEPAL TIMES UPDATES

Playing
नेतन्याहुको जुवाले अमेरिकाको १०० अर्ब डलर खर्च, ’इजरेल पहिलो’ नीतिको अर्थ ’अमेरिका अन्तिम’
May 02, 2026
Playing
World News: आर्थिक सं कटको सामना गर्न इरानीलाई खामेनीको अपिल, Iran–Iraq–लेबनान जान Uaeको रोक
May 02, 2026
Playing
इरा*न यु*द्धका कारण कयौं देशमा खानेकुरा हारालुछ हुन सक्छ|| Nepal Times
May 02, 2026
Playing
सल्यानमा द्वन्द्वकालीन ८६ वटा ब*म फेला || Nepal Times
May 02, 2026
Playing
जर्मनीबाट ५ हजार से*ना फर्काउँदै अमेरिका, इरान यु*द्धले बढायो वि*वाद|| Nepal Times
May 02, 2026
Playing
Top 15 Afternoon News || May-02-2026 || Nepal Times
May 02, 2026
Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026

जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा बन्‍ने निश्‍चित

२९ भाद्र २०७७

२९ भदौ, एजेन्सी ।
जपानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)ले योशिहिडे सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

जापानी समाचार संस्था क्योदोका अनुसार सत्तारुढ दलका सांसदहरुबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वीमा पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदा रहेका थिए । सुगाले ३७७ मत प्राप्त गर्दा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे । संसदीय दलको नेता छान्नका लागि एलडीपीका ३९४ सांसद, स्थानीय च्याप्टरका १४१ डेलिगेट्स र पार्टीका वरिष्ठ नेताहरुले मतदान गरेका थिए ।

Advertisement
Advertisement

७१ वर्षीय सुगाले आफ्नो कार्यकालमा शिन्जो आबेका नीतिलाई निरन्तरता दिने बताएका छन् । साथै उनले पार्टीले आफूलाई चयन गरेकोमा धन्यवाद दिए । ‘कोरोनाभाइरसको यो राष्ट्रिय संकटमा हामीले राजनीतिक रिक्तता वहन गर्न सक्दैनौँ,’ सुगाले भने । साथै यो संकटबाट मुक्ति पाउन र जापानी जनतालाई राहत दिन आबेका नीतिलाई लागु गर्नुपर्ने उनको भनाइ छ ।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुन्नका लागि सत्तारुढ दलमा निर्वाचन भएको हो । आबेको राजीनामापछि उनीनिकट नेता मानिने सुगा नै संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको थियो । बुधबार प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुनेछ । तर जापानी संसद्मा एलडीपीको बहुमत भएकाले त्यो चुनाव औपचारिकता मात्रै हुनेछ ।

Advertisement

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ । त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top