मेसी बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

२९ भदौ ७७, मंगलबार

३० भदौ, एजेन्सी ।
बार्सिलोनाका कप्तान लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । फोब्र्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

फोब्र्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोब्र्सले जनाएको छ।

मेसीले दोस्रो स्थानमा रहेका युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछँन् । रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।

Advertisement

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।

Advertisement

सन् २०२० मा सर्वाधिक कमाउने १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर

२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३. नेयमार– ९ करोड ६० लाख डलर

४. केलियन एमबापे– ४ करोड २० लाख डलर

५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६. पउल पोग्बा– ३ करोड ४० लाख डलर

७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८. गेराथ बेल– २ करोड ९० लाख डलर

९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top