बहराइनका राजकुमारसहित १८ जनाकाे टोली हिमाल चढ्न आज नेपाल आउँदै

३१ भदौं, काठमाडौं ।
बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आउँदै छ । लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२ः ३० बजे नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।

Advertisement

बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेको राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार लगभग २ महिना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ।

Advertisement

बहराइनका लागि नेपाली राजदूत महामहिम पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व सो टोलिलाई भेटी पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए।

Advertisement

भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो।

राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ । जसमा सर्वाधिक २४ औं पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहनेछ ।

यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिटले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top