परीक्षणमा सहभागी विरामी हुनुको कारण कोरोना खोप नहुन सक्छः अक्सफोर्ड विश्वविद्यालय

१ असोज, एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले कोरोना खोपको परीक्षणमा सहभागी विरामी हुनुको कारण कोभिड(१९ खोप नभएर अरुनै कारण पनि हुनसक्ने जनाएको छ ।

Advertisement

सहभागीको जानकारी दिने एक दस्तावेज अनलाईनमा पोस्ट गर्दै अक्सफोर्डले यस्तो जनाएको हो।

अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले एस्ट्राजेनेकासँग मिलेर कोभिड(१९ को खोप विकास गरिरहेका छन् जुन अहिले परीक्षणको अन्तिम चरणमा छ। उनीहरूले विकास गरिरहेको यो खोप विश्वमा विकास भइरहेका खोप भन्दा अगाडि र प्रभावकारी भएको मानिदैं आइएको छ।

Advertisement

परीक्षणमा सहभागी एकजनामा स्वास्थ्य समस्या देखिएपछि उसले संसारभर भइरहेको परीक्षण केही समयका लागि रोक्नुपरेको थियो।

परीक्षणमा सहभागी ती व्यक्ति ट्रान्सभर्स मायेलिटिस भनिने दुर्लभ मेरुदण्डको इन्फ्लेमेटरी डिसअर्डरसँग सम्बन्धित न्यूरोला‘जिकल लक्षणबाट पीडित भएको बताइएको छ।

Advertisement

रोकिएको खोप परीक्षण हाल अमेरिका बाहेक ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रिकामा सुरू भइसकेको रोयटर्सले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top