खाडीमा कार्यरत नेपालीलाई टिकट पाउनै सकस

३१ भदौ ७७, बिहीबार

१ असोज, दोहा ।
खाडीस्थित नेपाली दूतावासहरुले कोरोना महामारी लगायत अन्य कारणले समस्यामा परेर स्वदेश फर्किन नेपाल तथा हिमालय एयरलाइन्सको उडान तालिका सार्वजनिक गरे पनि टिकेट पाउनै सकस भएको स्वदेश फर्किन लागेका नेपालीहरुले बताएका छन् ।

Advertisement

विगत लामो समयदेखि रोजगारी गुमाएर साउदी अरबबाट स्वदेश फिर्तीको पर्खाइमा रहेका अर्घाखाँचीका बिशाल कार्कीले भने– ‘बल्ल बल्ल दूतावासले सार्वजनिक गरेको स्वदेश फर्किनै पर्ने लिस्टमा नाम त आयो तर, के गर्नु टिकट नै पाइदैन । ’

आफू बिरामी पनि भएकोले पटक पटक ट्राभलमा टिकट खरिद गर्नको लागि बिहान देखि लाइनमा बसे पनि बेलुका रित्तोहात फर्किनु परेको उनले बताएका छन् । स्वदेश फिर्तीकोे लागि हवाई टिकट सही व्यवस्थापन नहुँदा हजारौं नेपाली निरास बनेको साउदीबाटै स्वदेश फर्किन टिकटको खोजीमा भौतारी रहेका खोटाङका धनकुमार राईले बताए । स्वदेश फर्किन लागेका अधिकांश नेपालीहरु हवाई टिकका लागि चर्काे घाममा लाइन लागेर बस्न बाध्य छन् ।

Advertisement

दूतावासहरुले हवाई टिकटका लागि सम्बन्धित एयरलाइन्सको ट्राभल्स एजेन्सीसँग सम्पर्क गर्न भने पनि ट्राभल्सहरुको सही व्यवस्थापन नहुँदा टिकट लिन थप समस्या भएको उनीहरु बताउँछन् । यता, कतारबाट पनि स्वदेश फर्किन लागेका नेपालीहरुले टिकट नपाएको गुनासो गरेका छन् । दूतावासले स्वदेश फर्किनै पर्ने भनेर सार्वजनिक गरेको नामावलीमा नाम परेको भएपनि टिकट पाउनै सकस भएको उनीहरूले बताएका छन् ।

 स्वदेश फिर्ताका लागि तयारीमा रहेका नेपालीलाई टिकटको व्यवस्था गर्न समस्या भएको छ । जसले गर्दा स्वदेश फिर्ताका लागि हजारौं नेपालीहरुले दिनरात टिकटको खोजीमा भौतारीनु परेको छ । कतै टिकेट पाइहाले पनि नेपाल सरकारले तोकेको मूल्य भन्दा ४ गुणा बढी तिर्नुपर्न बाध्यता छ । खाडीमा कोरोनाका कारण रोजगारी गुमाएका हजारौ नेपाली यतिबेलाथ स्वदेश फिर्तीको पखाईमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top