Nepal Times
Nepal Times
3
Shares

नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

उदयपुर, २१ वैशाख ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ ।

विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो ।

बिहीबार विशेष गोप्य सूचनाको आधारमा राउत घरको एक छिमेकीकोमा आएर लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले सिरहा इञ्चार्ज राउतलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।

पक्राउ परेका राउतलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए ।

एकहप्ता अघि पनि विप्लव माओबादी उदयपुरका जनसरकार प्रमुख जीतबहादुर पुलामी मगरलाई पनि प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.