पोखरा जामीन भासिने समस्या बढ्दै, घरमै भ्वाङ पर्याे

२ असोज ७७, शनिबार

२ असोज, पाेखरा।
अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचल्लीमा परेका छन् ।

मानविय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासी ठूलो भ्वाङ परेको स्थानीयले बताएका छन् । मङ्गलवार बिहानभुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताइन । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उनको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन ।
पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताएका छन । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनले बताए ।

प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् । घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानकालागि आवश्यक योजना बनाएर अगाडी बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top