अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरिएकोमा चीनको विरोध

४ असोज, एजेन्सी । अमेरिकामा विच्याट र टिकटक खरिदलाई अमेरिकी वाणिज्य मन्त्रालयले निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले विच्याट र टिकटक खरिदलाई निषेध गरिएको बारे प्रतिक्रिया दिँदै उक्त कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताएको छ ।

अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि प्रहार गर्न खोजेको मन्त्रालयको भनाइ छ।

Advertisement

मन्त्रालयले प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरित भएको दावी गर्दै अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई प्रभावित बनाएको मनत्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा दोहो¥याइएको छ।

चीनले प्रभूत्व गतिविधि रोक्न अमेरिकालाई ताकिता गरेको भन्दै यदि अमेरिकाले त्यसलाई निरन्तरता दियो भने चीनले आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने मन्त्रालयका प्रवक्ताले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top