यातायात व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

विराटनगर , बैशाख २२ःसरकारको निर्णय विरुद्ध उत्रिएका आन्दोलनरत यातायात व्यवसायी सरकार सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै झुक्न बाध्य भएका छन् ।

Advertisement

शुक्रबार गाडी ग्यारेजमा थन्क्याएर आन्दोलित बनेका यातायात व्यवसायीमाथि सरकार कडा रुपमा प्रस्तुत भएको थियो ।

सरकारले आन्दोलनको नेतृत्व गर्ने यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिमा आबद्ध व्यवसायीलाई पक्राउ गर्नेदेखि रुट परमिट खारेजी र सम्पत्तिमाथि छानबिन गर्नेसम्मको निर्णय गरेपछि उनीहरु झुक्न बाध्य भएका हुन् ।

Advertisement

आज यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिइएको जनाएका छन् ।
शुक्रबार गरिएको यातायात बन्दबाट प्रभावित हुने सम्पूर्ण सर्वसाधारणसँग माफी समेत मागेको विज्ञप्तिमा जनाएको छ ।

यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभर रहेका यातायात संघ, पदाधिकारी, व्यवसायी, कर्मचारी तथा मजदूरलाई धरपकड गरी प्रहरी हिरासतमा लिइएको भन्दै विना शर्त रिहाईको माग समेत गरिएको छ ।

Advertisement

विज्ञप्तिमा आफूहरुले राखेका मागहरुको वार्तामार्फत समाधान गर्न पनि सरकारसँग माग गरिएको छ ।

यातायात व्यवसायीको निर्णयसँगै शनिबार देशभर सार्वजनिक यातायातका साधन पुर्णरुपमा सञ्चालनमा आएका छन् ।

यसअघि गत बैशाख ५ गते यातायात व्यवसायीले आजको दिन पुन बैठक बसी थप आन्दोलनको कार्यक्रम तय गर्ने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top