Nepal Times
Nepal Times
3
Shares

मापसे गर्ने शिक्षकको जागिर चट

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख ः कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताए । बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.