डा‍. गोविन्द केसी काठमाडौं आउँदै, अनशन जारी राख्ने

५ असोज, काठमाडौँ ।
स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने भएका छन् ।

Advertisement

दुई वर्षअघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतङ्क फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनले काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन्।

सोमबार केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘ जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं । यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं ।’

Advertisement

केसीले १९ औं सत्याग्रहको आठौं दिनसम्म आफ्ना माग पूरा गर्न सरकारले कुनै प्रयास र पहल नगरेको बरु सत्याग्रह स्थलबाट रातारात अपहरण शैलीमा जबर्जस्ती अस्पतालमा सारिएको पनि बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top